दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ समारोह अवरुद्ध भएको छ । हावाहुरीले मञ्चको छाना उडाएपछि शपथ अवरुद्ध भएको हो ।

आइतबार दिउँसो १ बजेका लागि तय भएको शपथ समारोह ३ बजेसम्म सुरु हुन सकेको छैन । मन्त्रीहरुका्े शपथका लागि राप्ती गाउँपालिका मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा मञ्च बनाइएको थियो । तर, हावाहुरीले छाना उडाएपछि शपथ समारोह अवरुद्ध भएको हो ।
हावाहुरीले उडाएपछि शपथ समारोहस्थल प्रदेशसभा भवनकै अर्को छेउमा मञ्च बनाइएको छ । अर्को मञ्च तयारी भएपछि अहिले शपथ कार्यक्रम अगाडि बढाउने तयारी गरिएको छ ।











