Logo
Logo

नेपालले टर्कीका भूकम्पपीडितलाई स्वास्थ्य सामग्री र न्यानो कपडा पठाउँदै


630
Shares

काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्पपीडितलाई स्वास्थ्य सामग्रीलगायत न्यानो कपडा सहयोगस्वरुप पठाउने भएको छ । टर्की सरकारको मागअनुसार ती सामग्री पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार सोमबार बिहान ती सामग्री टर्किस एयरलाइन्सबाट पठाइने भएको छ ।

शुक्रबार नै पठाउने भनिएपनि टर्कीले क्लियरेन्स दिन समय लगाएपछि केही दिन ढिला भएको बताइएको छ । पोखरेलका अनुसार कूटनीतिक च्यानलबाट टर्कीलाई के सामग्री आवश्यक छ भनेर सोधिएको थियो । जसअनुसार टर्कीले स्वास्थ्य सामग्री पठाउन लागिएको हो ।

नेपालले टर्कीलाई औषधिहरु, स्वास्थ्य उपकरणहरु र न्यानो कपडा पठाउने तयारी गरेको छ । टर्कीको मौसम अहिले माइनस १० डिग्रीसम्म झरेको छ । भूकम्पपीडितको उपचारमा आवश्यक औषधि, स्वास्थ्य उपकरण र न्यानो कपडा ब्ल्यांकेट, ज्याकेट र ट्रयाकसुट पठाउन लागिएको हो ।

गत सोमबार टर्की र सिरियाको सीमावर्ती सहर ग्याजिएन्टेपमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । दुवै देशमा गरी हालसम्म २९ हजार जना भन्दा बढीले ज्यान गुमाएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्