काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

आइतबार झापाको गौरादह ४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले एमाले फेरि सरकारमा आएकाले ढाल्ने अनेक प्रकारका षड्यन्त्र भइरहेको बताएका हुन् ।
देशमा काम नगर्ने र अरुलाई पनि गर्न नदिने तत्वहरु सक्रिय रहेको भन्दै ओलीले देशलाई माया गर्ने, देशका समस्या समाधान गर्ने शक्तिहरु पनि रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे ।
उनले एमाले सदैव विकासको पक्षमा रहेको र एमाले सरकारकै पालमा विकासका धेरै कामहरु भएको बताए ।











