Logo
Logo

अर्थतन्त्रबारे प्रधानमन्त्रीले भने- गत वर्ष श्रीलंका नै हुने हो कि भन्ने आशंका थियो, अहिले छैन


567
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारको विषयलाई आफूले जीवन र मरणकै सवालको रुपमा लिएको बताएका छन् ।

आइतबार आर्थिक पत्रकार समाज (सेजन(द्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्थतन्त्र सुधारको विषयलाई लाइफ एण्ड डेथको सवाल ठानेको छु । मेरो सफलता वा असफलता होइन । सिंगो नेपाली समाज र नेपाल राष्ट्रको सफलता र असफलता यसमै जोडिएको छ ।’

उनले अर्थतन्त्रको चुनौतीका बीचमा आफूले नेतृत्व गर्ने अवसर पाएको भन्दै दुई महिनायता अर्थतन्त्रमा केही सुधारको संकेत देखिएको दावी गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘गत वर्ष श्रीलंका नै हुने हो कि भन्ने आशंका थियो, अहिले छैन । दुई महिनायता केही सुधारको संकेत देखिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले अर्थशास्त्रका सम्बन्धमा अहिले मुलुकलाई विज्ञहरुको आवश्यकता महसुस भएको समेत बताए । उनले भने, ‘अर्थतन्त्र सुधारका लागि पनि कर्मचारीतन्त्रमा अनावश्यक संरचना खारेज गर्ने र आवश्यक संरचना खडा गर्नु अहिलेको आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस्