
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद स्तम्भमा माल्यार्पण गरेका छन् ।
माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले जनयुद्धको २८ औं वार्षिकोत्सवको सन्दर्भमा सोमबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा रहेको सहिद स्तम्भमा माल्यार्पण गरेका हुन् । माओवादीले ०५२ फागुन १ गते सरकारविरुद्ध सशस्त्र द्वन्द्व सुरु गरेको थियो । त्यो करिब १० वर्षसम्म चलेको थियो ।

द्वन्द्वका क्रममा माओवादी, सर्वसाधारण नागरिक, प्रहरी, सेना गरी १७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए । त्यसैको सम्झनामा फागुन १ लाई माओवादी नेता–कार्यकर्ताले ‘जनयुद्ध दिवस’का रूपमा मनाउँदै आएका छन् ।











