Logo
Logo

राष्ट्रपति भण्डारी र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता


441
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवास पुगेर क्वात्राले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 

यसअघि उनले परराष्ट्र मन्त्री विमला राई पौडेलसँग भेटवार्ता गरेका थिए । सोमबार बिहान दुईदिने नेपाल भ्रमणमा आएका क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै राजनीतिक दलका शीर्ष नेतासँग पनि भेट्ने कार्यक्रम रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस्