
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियान’ सुरू गरेका छन् । उनको अभियानमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाहसहित पूर्वराजपरिवारका सदस्य सहभागी छन् ।
प्रसाईँले झापाको मेचीपुलबाट अभियान सुरू गरेका हुन् । उनले आफूले सुरु गरेको महाअभियान कुनै पार्टीको विरोधमा नभएको बताएका छन् । नेता प्रसाईँले पार्टी भन्दा माथि देशको रक्षाका लागि महाअभियान भएको दाबीसमेत गरेका छन् ।












