Logo
Logo
बालाजु तनावग्रस्त

आन्दोलनकारीले जलायो प्रहरीको गाडी र बिट


4.2k
Shares

काठमाडौं । काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण बालाजु क्षेत्र तावग्रस्त बनेको हो ।

आन्दोलित यातायात मजदुरहरुले बालाजुमा प्रहरीको दुई वटा भ्यान जलाएका छन् । उनीहरुले नेपाल प्रहरीको बालाजु बृत्तले प्रयोग गर्दै आएको भ्यानमा आगजनी गरेका हुन् । यस्तै उनीहरुले माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी बिट जलाएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ पछिल्लो समय ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध आन्दोलनरत छन् ।

आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ ।

प्रतिक्रिया दिनुहोस्