Logo
Logo

कञ्चनपुर पुगेर प्रधानमन्त्री प्रचण्डले भने- अर्थतन्त्रमा देखिएका संकटप्रति सरकार सचेत छ


378
Shares

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको संकटप्रति सरकार सचेत रहेको बताएका छन् । आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सुधारका लागि आफू प्रधानमन्त्री भएपछि विशेष ध्यान दिएको बताए ।

आफूले मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक तथा निजी क्षेत्रसित सहकार्यलाई प्रभावकारी तुल्याउने निर्णय गरे बमोजिम देशको अर्थतन्त्र अग्रसर रहेको उनले बताए । ‘अर्थतन्त्रमा देखिएका समस्या हल गर्दै निजी क्षेत्रलाई सहज रुपमा लगानी तथा उद्योग, व्यापारको वातावरण बनाउनेतर्फ अगाडि बढेका छौँ,’ उनले भने, ‘अर्थतन्त्रमा सुधारका राम्रा संकेत देखिएका छन् ।’ उनले राजस्व संकलन र विदेशी मुद्रा सञ्चयमा वृद्धि भएको बताउँदै यी सबै सकरात्मक संकेतका रुपमा लिएको बताए ।

‘समग्रमा अर्थतन्त्रको सङ्कट टरेको छैन,’ उनले भने, ‘अझै पनि नीतिगत र योजनागत क्षेत्रमा सुधार गर्नुपर्ने आश्वयकता छ, र सरकार सोही दिशातर्फ अग्रसर पनि छ ।’ प्रधानमन्त्री प्रचण्डले कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षको प्रतिबद्धतापछि समझदारीपत्रमा हस्ताक्षर भएको र निर्माण प्रक्रिया अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्