
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। भारतीय विदेश सचिव क्वात्रा देउवालाई भेट्न सोमबार धुम्बाराही पुगेका हुन् ।
भेटमा उनीहरूबीच नेपालर भारतको द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ । दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै जनता-जनताबीचको सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको देउवा सचिवालयले जनाएको हो ।
नेपाल र भारतबीचको सचिव स्तरीय बैठकका लागि क्वात्रा सोमबार बिहान नेपाल आइपुगेका हुन्।











