
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। भारतीय विदेश सचिव क्वात्रा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सोमबार साँझ बालुवाटार पुगेका हुन् ।
भेटमा दुई देशबीच ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्य लगायतका विषयमा छलफल भएको बताइएको छ ।











