Logo
Logo

भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौंः प्रधानमन्त्री प्रचण्ड


315
Shares

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा आफूहरु रहेको बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । उनले प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन् ।

बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो । ‘सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निर्माण हुनेछ’, उनले भने, ‘हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पुर्‍याउने विश्वास छ ।’ उनले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिएको समेत बताए । उनले हालै यसको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम सकिएकाले समयमै निर्माण पूरा हुनेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्