Logo
Logo

भारतीय बिदेश सचिवले आज क-कसलाई भेट्दैछन् ?


567
Shares

काठमाडौं । नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय बिदेश सचिव बिनय मोहन क्वात्राले आज पनि उच्चस्तरिय भेटघाटलाई जारी राख्ने भएका छन् ।

आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत) लगायतलाई भेटने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दुतावासले जनाएको छ । साथै नेपाल सरकारका वरिष्ट उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको दुतावासले जनाएको छ ।

हिजो (सोमबार) सचिवस्तरीय बैठकमा सहभागी भएपछि समकक्षी परराष्ट्र मन्त्री बिमला राई, राष्ट्रपति बिद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गरेका थिए ।

तीन दिने नेपाल भ्रमणका लागि सोमबार बिहान साँढे १० बजे काठमाडौं आइपुगेका भारतीय विदेश सचिव क्वात्रा भोली बुधबार स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्