Logo
Logo

गृहमन्त्रीको सचिवालयका कार्यरत अधिकृत पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३० असोज ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयमा कार्यरत एक अधिकृत पक्राउ परो छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले शाखा अधिकृत रामचन्द आलेलाई पक्राउ गरेको हो ।


मिर्गाैला किनबेच प्रकरणमा उनी पक्राउ परेका हुन् । नाता नपर्ने व्यक्तिलाई बिरामीको भान्जा बनाएर ललितपुरको पुल्चोकस्थित निदान अस्पतालले मिर्गौला खरिद–बिक्री गरेको घटनामा प्रहरीले उनीसहित अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपेन्द्र प्रसाद, चिकित्सक डा. राजेश पन्त र कानुनी सल्लाहकार कुमुद भट्टराईलाई पक्राउ गरेको हो ।

अस्पतालले दुई महिनाअघि रामेछाप दोरम्बा–३ घर भएका ५६ वर्षीय शंकरलाल लामाको मिर्गाैला प्रत्यारोपण गरेको थियो । एक व्यक्तिलाई शंकरलालको भान्जा बनाएर मिर्गौला निकाली प्रत्यारोपण गरेको र त्यसबापत आर्थिक लेनदेन भएको पुष्टि भएपछि पक्राउ गरिएको ब्युरोका एसपी गोविन्द थपलियाले बताए ।
घले जिल्ला प्रशासन कार्यालय ललितपुरमा रहँदा यस्तो अपारधमा संलग्न भएा थिए । उनीहरुलाई मानव बेचबिखन तथा ओसापसार (नियन्त्रण) ऐनअनुसार कारबाही अघि बढाएको छ । जसअनुसार उनीहरूलाई पाँच वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

लामाबाहेक पक्राउ परेका अन्य चारजना कागजपत्र प्रमाणीकरण गर्ने कानुनी समितिका व्यक्ति हुन् । शंकरलालका आफ्नै भान्जा भन्दै पीडितको मिर्गाैला निकालिएको थियो । कागजपत्रमा भने शंकरलालका वास्तविक भान्जाकै फोटो राखेर फरक व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको थियो ।

यस्तै बदमासी हुन सक्छ भनेर जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसमेत रहने कानुनी समितिले क्रसचेक गर्ने प्रावधान छ । मिर्गाैलादाता कागजपत्रअनुसारकै व्यक्ति हो÷होइन क्रसचेक गर्ने अधिकार समितिलाई छ । निदानमा भएको मिर्गौला खरिद–बिक्रीमा सो समितिको समेत मिलेमतोमा रहेको प्रहरीको आशंका छ । सोही समितिका सदस्य रहेर जिम्मेवारी पूरा नगरेकाले प्रशासन कार्यालयका अधिकृतलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्