
काठमाडौं । रौतहटको बृन्दावन नगरपालिकाका प्रमुख बिनोदप्रसाद कुर्मीले आफुलाई विपक्षीले बदनाम गर्न खाेजेकाे आरोप लगाएका छन् ।
केहि दिनअघि पत्रकार सम्मेलनको आयोजना गर्दै नगरप्रमुख कुर्मीले काँग्रेसका पूर्वमेयर राम स्नेही यादव, माओवादीका नेता रामप्रसाद पटेल, एमालेका प्रेम शंकर यादव र जसपाका केही कार्यकताहरु आफुलाई बदनाम गर्ने कार्यमा लागेको आरोप लगाएका हुन् ।
चुनावी प्रतिसोध साध्न उनिहरुले यतिबेला कार्यकर्ता उचलेर दैनिक झडप हुने अवस्था सृजना गराएको नगरप्रमुख कुर्मीकाे आरोप छ।
गत शनिबार नदि जन्य बस्तु उत्खननकाे लागि ठेक्का गर्नु पर्ने बिषयमा नेपाली कांग्रेस र सत्ता पक्ष नेकपा एकिकृत समाजबादीको समर्थक बीच भएको झड़पमा परि २ जना कांग्रेसका कार्यकर्ता र ४ जना नगरपालिकाका कर्मचारी घाइते भएका छन् ।
झड़पमा परि घाइते हुनेमा कर्मचारीहरु दिलिप पटेल, जय प्रकाश सहनी, राम नारायण पटेल, रामबिनय पटेल तथा कांग्रेसका समर्थक बिरेन्द्र यादव र राम पुकार साह रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
नगर प्रमुख कुर्मीले प्रहरी प्रशासनको इशारामा प्रतिपक्षी दलका कार्यकर्ताहरुले आक्रमण गरेको आरोप लगाएका छन । नगर प्रमुख कुर्मीले घटनामा संलग्न दोषीहरुमाथि प्रशासनले कारबाही नगरेसम्म नगरपालिकाको काम काज बन्द गरि प्रसाशन विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।











