Logo
Logo

अनेरास्ववियुको महाधिवेशन आजबाट


315
Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन आजबाट सुरु हुँदैछ । अनेरास्ववियुको यो २३ औं राष्ट्रिय महाधिवेशन हो । महाधिवेशन दुई दिन चल्नेछ ।

महाधिवेशनको आज प्रज्ञा भवन कमलादीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ महाधिवेशन हुन लागेको हो ।

राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको यसअघि पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो । ७ वर्षपछि हुन लागेको यो महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरिने बताइएको छ।

यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन ।
भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्