Logo
Logo

सरकार र यातायात मजदुरबीच वार्ता जारी


252
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत यातायात मजदुरसँग वार्ता गरेका छन् ।

यातायात मजदुरले ट्राफिक जरिवाना वृद्धि गरिएकोलगायत विरोध गर्दै सार्वजनिक यातायात बन्द गरेपछि
उनले आज बिहान सिंहदरबारस्थित मन्त्रालयमा वार्ता गरेका हुन् ।

वार्तामा आन्दोलनरत यातायात मजदुरका प्रतिनिधि छन् भने सरकारका तर्फबाट मन्त्री श्रेष्ठसहित मन्त्रालयका कर्मचारीहरू छन् । यातायात मजदुरहरूले सोमबार आन्दोलन गर्दै प्रहरीका दुई भ्यानसमेत आगजनी गरेका थिए ।

आज बिहानैदेखि यातायात मजदुरहरूले काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गरेका छैनन् । जसले गर्दा यात्रु समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्