Logo
Logo

यातायात मजदुरको आन्दोलन फिर्ता, गाडी चल्न थाल्यो


630
Shares

काठमाडौं । सार्वजनिक यातायात मजदुरसम्बद्ध संगठनले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने घोषणा गरेका छन् ।

आज सिंहदरबारमा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा समझदारी भएपछि मजदुर संगठनका पदाधिकारीले उपत्यकामा आह्वान गरेको बन्द, हड्ताल फिर्ता भएको घोषणा गरेका हुन् ।

वार्तामा मन्त्री श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गरिने प्रतिबद्धता जनाएपछि उनीहरु सार्वजनिक यातायात तत्काल चलाउन सहमत भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिए ।

तर, यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताएका छन् । सोमबार आन्दोलनरत मजदुरहरुले प्रहरीको दुईवटा भ्यान र अस्थायी प्रहरी बिट जलाएका थिए । त्यस्तै ल्होल्से मलमा समेत तोडफेड गरेका थिए ।

उनीहरुले आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आजबाट उपत्यकामा सार्वजनिक यातायात नचलाउने घाषणा गरेका थिए । मंगलबार बिहानैदेखि काठमाडौंका सडकमा गाडी नचलेपछि यात्रु मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्