Logo
Logo

रास्वपाका ४ सांसद केन्द्रीय समितिमा अटेनन्


882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गरेको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले यसअघिको २४ सदस्यीय समितिमा १६ जना थप गरी ४० जनाको केन्द्रीय समिति बनाएको हो ।

तर, थपिएका १६ सदस्यमा वर्तमान चार सांसद भने परेनन् । काठमाडौं ६ बाट निर्वाचित सांसद शिशिर खनाल, चितवन २ बाट निर्वाचित सांसद हरि ढकाल, ललितपुर ३ बाट निर्वाचित सांसद डाक्टर तोषिमा कार्की र काठमाडौं ८ बाट निर्वाचित सांसद बिराज भक्त श्रेष्ठ रास्वपाको केन्द्रिय समितीमा परेनन् ।

उनीहरूमध्ये खनाल निवर्तमान शिक्षामन्त्री र डा.तोषिमा कार्की निवर्तमान स्वास्थ्यराज्यमन्त्री हुन् । मंसिर ४ को निर्वाचनमा रास्वपाको घण्टी चिह्न लिएर प्रत्यक्ष जितेका यी चार सांसद केन्द्रीय समितिमा नपरेकोबारे रास्वपाकै नेताहरू अचम्मित छन् ।

प्रतिक्रिया दिनुहोस्