Logo
Logo

भाेलि दाङ जाँदै राष्ट्रपति


441
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दाङ जाने भएका छन् । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति बुधबार दाङ जाने भएका हुन् ।

भवन निर्माण भएको करिब पाँच वर्ष भएको छ । तर, औपचारिक उद्घाटन भने भएको छैन । सोही भवन उद्घाटन गर्न फागुन ३ गते बिहान ११ बजे आउने कार्यक्रम रहेको डिन प्रा.डा. मंगलकान्त झाले बताए । हेलिकोप्टरमार्फत राष्ट्रपति दाङ जाने भएका छन् ।

त्यहाँ ओपिडी सेवा सञ्चालन नहुँदा बिएएमएसका विद्यार्थीले प्रयोगात्मक कक्षा लिन बाहिर जानुपर्ने अवस्था थियो । कोरोनोको समयभन्दा पहिले त्यहाँ ओपिडी सेवा सञ्चालनमा भए पनि त्यसपछि भने सञ्चालनमा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्