Logo
Logo

एक दिवसीयमा हजार रन पूरा गर्ने पहिलो खेलाडी बने रोहित



काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ओडिआई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खलाडी बनेका छन् ।

रोहितले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध ७२ रन बनाउँदै एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।

रोहितले ओडिआईमा ३३ खेलमा १ हजार रन पूरा गरेका हुन् । रोहितले सन् २०१८ मा नेदरल्यान्डसँग खेल्दै राष्टिय टोलीमा डेब्यु गरेका थिए।

रोहितपछि ज्ञानेन्द्र मल्लले ओडिआईमा २७ खेलमा ६ अर्धशतकसहित ७ सय ३४ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्