Logo
Logo

 देश बरबाद बनाउन विभिन्न शक्ति क्रियाशील छन् : ओली


189
Shares

काठमाडौं । प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बरबाद बनाउन विभिन्न शक्ति क्रियाशील रहेको बताएका छन् । आजबाट काठमाडौंमा सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले देश बरबाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताएका हुन् । 

‘हामीले अनेकौँ उत्तारचढाप देखेका छौँ, फेरि पनि आउँछन् उत्तारचढाप आउँछ,’ उनले भने, ‘अहिले साथीहरू काफी प्रसन्न भएको देख्छु । हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा  हो। यो अवस्था फेरियो भने, संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको बनावट छ । संसद्मा हाम्रो बहुमत छैन । अनेक प्रकारका, भित्रका, बाहिरका शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।’ 

एमालेनिकट अनेरास्वियुको २३औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको हो । कमलादीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्