Logo
Logo

ओडिआईमा कुशल भुर्तेलको कीर्तिमानी शतक



काठमाडौं । नेपाली ओपनर कुशल भुर्तेलले करियरको पहिलो एक दिवसीय सतक प्रहार गरेका छन् ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भुर्तेलले नामिबियाविरुद्ध सतक प्रहार गरेका हुन् । कुशलले ९९ बलमा ९ चौका र ४ छक्कासहित सतक पुरा गरेका हुन् ।

उनको यो एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो सतक हो । सन् २०२१ मा पिएनजीसँग ओमानमा डेब्यु गरेका भुर्तेलले यसअघि ३ अर्धसतक पूरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्