Logo
Logo

राष्ट्रियसभा बैठकमा सांसदहरूले भने – अराजकता फैलियो, नियन्त्रण होस्


252
Shares

फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मुलुकमा पछिल्ला दिनमा फैलिएको अराजकताले सीमा नाघेको उल्लेख गर्दै त्यसको नियन्त्रण गर्नुपर्ने बताएका छन् । सांसद गोमादेवी तिमिल्सिनाले यातायात मजदुरको नाममा अराजकता फैलिएको र मानिस कुटिएको विषयमा सदनको ध्यानाकर्षण गराइन्।

सांसद लुतप्रसाद विश्वकर्माले नारायणगढ बुटवल सडकखण्ड निर्माणमा तीव्रता दिन माग गरे । सांसद नारायणदत्त मिश्रले शहीद दशरथ चन्दको नाममा मेडिकल कलेज स्थापना हुन लागेको खुसी व्यक्त गरे । उनले लघुवित्त र मिटरब्याजीको हैसियत उस्तैउस्तै देखिएको समेत बताए ।

सांसद नारायण दाहालले लघुवित्त र अन्य बैंक तथा वित्तीय संस्थाको ब्याजलाई देखाएर राज्य व्यवस्थामा पथ नै आक्रमण भएको विषयमा सदनको ध्यानाकर्षण गराए । उनले नयाँ बसपार्कमा सोमबार भएको घटनाका बारेमा सत्यतथ्यको जानकारी गराउन माग गरे । भुवनबहादुर सुनार, लाक्पा सोनाम ग्याल्जेन शेर्पालगायतले मुलुकको समसामयिक राजनीतिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्