काठमाडौं । नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरेर लुटपाट गरेको आशंकामा चार जना पक्राउ परेका छन् ।

सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा नयाँ वस पार्कस्थित ल्होत्से मलका मोबाइल पसल लुटपाट भएको थियो ।
सोमबार जरिवानाबापतको रकम घटाउनु पर्ने र पाँच पटक ट्राफिक कारबाहीमा परे सवारी चालक अनुमति पत्र रद्द हुनसक्ने प्रावधान खारेजीको मागसहित सार्वजनिक यातायात क्षेत्रका मजदुरले गरेको विरोध प्रदर्शन भड्किएको मौका छोपेर लुटपाट मच्याएका थिए ।
लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले नयाँबसपार्क क्षेत्रबाट चार जनालाई नियन्त्रणमा लिएको हो । घटनामा अरु मानिस पनि संलग्न हुनसक्ने भन्दै पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
पक्राउ परेका मानिसमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।











