Logo
Logo

कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराती


315
Shares

फाइल तस्बिर

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्ने बताएका छन् ।

मंगलबार मोरङको उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटीले आयोजना गरेको बधाई शुभकामना तथा भेटघाट कार्यक्रममा उनले स्वार्थ त्यागेर अघि बढ्न सके धेरै कुरा परिवर्तन गर्न सकिने बताए । निराशाको हुरी चलेको बेला आशा जगाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘हिजो जीवन त्याग्नुपर्ने अवस्था थियो, आज निजी स्वार्थलाई तिलाञ्जली दिए पुग्छ ।’

उनले सरकारले काम गर्न सकिएन भनेर छुट पाउने अवस्था नरहेको बताए । भ्रष्टाचारको अन्त्य गर्न सबै जुट्न आवश्यक रहेको बताउँदै मन्त्री किरातीले जनतालाई आशा जगाउने गरी काम गर्ने जमर्को गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्