Logo
Logo

अमेरिकी उपसहायक विदेशमन्त्री र परराष्ट्र सचिवबीच भेटवार्ता


567
Shares

काठमाडौं । अमेरिकी उप–सहायक विदेशमन्त्री अफ्रिन अख्तर र परराष्ट्र सचिव भरतराज पौड्यालबीच भेटवार्ता भएको छ ।
सोमबार नेपाल भ्रमणमा आएका अख्तर र पौड्यालबीच मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा उनीहरूबीच नेपाल–अमेरिका सहकार्य र आपसी हितका अन्य विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी उप–सहायक विदेशमन्त्री अख्तरले भ्रमणका क्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै उनले नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने बताइएको छ ।

यसैगरी उप–सहायक विदेशमन्त्री अख्तरले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा र लोकतन्त्र, मानवाधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने सम्बन्धमा पनि छलफल गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्