Logo
Logo

नेपाल चेम्बर अफ कमर्श र भाइब्रेण्ट गोवा फाउण्डेशनबीच समझदारीपत्रमा हस्ताक्षर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असोज । नेपाल चेम्बर अफ कमर्सको भारतमा गएको प्रतिनिधिमण्डलका प्रमुख तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले द्धिपक्षिय व्यापार, लगानी, पर्यटन प्रबद्र्धन एवं आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनका तर्फबाट सभापति राजकुमार कामत र नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठले आज गोवामा समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । भाइब्रेण्ट गोवा २०१९ को समुद्घाटन सत्र कार्यक्रममा प्रमुख अतिथी गोवाका मुख्य मन्त्री डा. प्रमोद सावन्तको समुपस्थितीमा भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो २०१९ को अवसरमा सम्पन्न सो समझदारी पत्रले आगामी दिनमा द्धिपक्षीय आर्थिक एंव व्यापारिक सम्बन्ध वृद्धि हुने अपेक्षा दुबै पक्षले गरेका छन् । साथै व्यापार लगानी अभिवृद्धि गर्न गोवामा नेपाल डेस्क र नेपालमा गोवा डेस्क राख्ने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।

भाइब्रेण्ट गोवा फाउण्डेशनले भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९ को आयोजना गरेको र यसमा भारतीय सरकार र गोवा सरकारको समेत सहभागिता रहेको छ । हालै हस्ताक्षर गरिएको समझदारी पत्रले दुई मुलुकबीच हुने अन्तरक्रिया, रोडशो, एक्स्पोमा सहभागितालगायत पर्यटन प्रबद्र्धनमा जोड दिइएको छ । सो अवसरमा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बरले २०२० को फेबु्रअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा सहभागिताको लागि अनुरोध गर्नुका साथै पहाडी मुलुक नेपाल र समुद्री सतहसँग जोडिएको गोवा ‘फ्रम ग्रीन टू ब्लू’बीच पर्यटन प्रबद्र्धन र कनेक्टिभिटीमा जोड दिएकाले नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटन भित्राउन सकिने सम्भावनामा जोड दिनुभयो ।

सो अवसरमा बोल्दै भाइब्रेन्ट गोवा फाउण्डेशनका सभापति राजकुमार कामतले यो समझदारीपत्रको कार्यान्वयनले अहिले चेम्बरको सहभागिता उल्लेख्य रहेकोले आगामी वर्षहरुमा यसमा अझ बढोत्तरी हुने र आगामी वर्ष नेपालमा हुने एक्स्पो र पर्यटन वर्षमा आफ्नो संस्थाको तर्फबाट सहभागिता र प्रबद्र्धनको लागि महत्वपूर्ण कार्य गरिने विश्वास व्यक्त गर्नुभयो ।

सो समझदारीपत्रमा दुई देशका चेम्बर बीच व्यापरीक सूचना, आदान प्रदान, मेला प्रदर्शनीमा दुवै मुलुकमा सहभागिता, पर्यटन प्रबद्र्धन, व्यापारिक÷औद्योगिक प्रतिनिधिमण्डलको आदानप्रदान गरिने कूरा समेत उल्लेख गरिएको छ । ३८ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवशायीहरु, प्रदेश ५ का संसद सदस्य माननीय भोज प्रसाद श्रेष्ठ, ५ नम्बर प्रदेशका विभिन्न नगरपालिकाका उपमेयरहरुको समेत सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्