Logo
Logo

बैंकर रविना देशराज र एलेक्जेन्डरले गरे ‘इन्गेजमेन्ट’


7.9k
Shares

काठमाडौं । बैंकर रविना देशराज र उनका विदेशी प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानले ‘इन्गेजमेन्ट’ गरेका छन् । उनीहरुले ‘भ्यालेन्टाइन–डे’को अवसरमा पारेर मंगलबार इन्गेजमेन्ट गरेका हुन् । रविनालाई स्टुअर्टले विवाहका लागि प्रस्ताव राखेको बताइन्छ । सो प्रस्तावलाई रविनाले स्वीकार गरेकी हुन् ।

रविनाले इन्गेजमेन्टबारे आफ्नो इन्टाग्राम अकाउन्ट तस्बिर शेयर गर्दै जानकारी दिएकी छन् । उनले प्रेमीसँगको फोटो सेयर गर्दै लेखेकी छन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’ रविनाले केही समयअघि मात्र आफ्नो प्रेमी सार्वजनिक गरेकी थिइन् ।

अभिनेत्री प्रिंयका कार्कीले पनि नयाँ सुरुवात भन्दै उनको इन्गेजमेन्टका केही तस्बिर सेयर गरेकी छिन् ।रबिनाले मेगा बैंक छाडेको करिब एक साताभित्र आफ्नो प्रेमी सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्