Logo
Logo

आजदेखि सीता एयरको काठमाडौं-दाङ उडान सुरु


882
Shares

काठमाडौं । सीता एयरले आजदेखि काठमाडौं–दाङ उडान गर्ने भएको छ ।

सीताले आजदेखि दाङको टरिगाउँ विमानस्थलमा व्यावसायिक उडान सुरु गर्न लागेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो ।

सीताले साताका तीन दिन उडान गर्ने प्राधिकरणका सूचना अधिकारी जगननाथ निरौलाले जानकारी दिए । निरौलाका अनुसार सीताले सोमबार, बुधबार र शनिबार उडान गर्नेछ ।

अहिले यो गन्तव्यमा नेपाल वायुसेवा निगमले उडान गर्दै आएको छ । निगमले सातामा (आइतबार, मंगलबार, बिहीबार र शनिबार) चार उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्