Logo
Logo

बालाजु घटनाप्रति यथार्थ छानविन गर्न कांग्रेसको माग


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं प्रवक्ता प्रकाशशरण महतले बालाजुमा भएको घटनाप्रति सरकारको ध्यानकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दिनदहाडै आन्दोलनको नाममा लुटपाट हुँदासमेत सरकारले केही गर्न नसकेको आरोप लगाउँदै न्यायोचितरूपमा यातायात मजदुरको माग सम्बोधन गर्न सरकारसँग माग गरे ।

‘मजदुरको नाममा त्यहाँ को को प्रवेश गरेका छन् ? कसले प्रोत्साहित गरेका छन् ?’ उनले प्रश्न गरे, ‘त्यहाँको घटना पूरै भिडिओमा आएको छ । कुनै कारबाही अगाडि बढ्दैन । त्यसले हामीलाई गम्भीर बनाएको छ ।’

सांसद महतले काठमाडौंको मुटुमा सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसक्दा दूरदराजमा बस्ने नागरिको हालत के होला ? भन्दै प्रश्न उठाएका छन् । उनले मजदुरको नाममा गैरमजदुर प्रवेश गरेको हो वा होइन यथार्थ छानबिन गर्नसमेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्