Logo
Logo

मुस्ताङमा बस दुर्घटना, दुई भारतीयसहित १७ जना घाइते


315
Shares

पोखरा । मुस्ताङको जोमसोमदेखि पोखरा आउँदै गरेको बस थासाङ गाउँपालिका–३ मा कालीगण्डकीमा खस्दा २ जना भारतीय नागरिकसहित १७ जना घाइते भएका छन् । बुधबार बिहान मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा जीप दुर्घटना भएको प्रहरीले जनाएको हो ।

ना ७ ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको डीएसपी रविन्द्रनाथ पौडेलले जानकारी दिए । उनका अन्ुसार २ जनाको अवस्था गम्भीर रहेको छ । बस सीधै पानीमा खसेको र चाँडो उद्धार हुँदा ठूलो क्षति नभएको उनको भनाइ छ ।

गम्भीरहरुको थप उपचारका लागि पोखरा पठाइसकिएको उनले बताए । तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्