Logo
Logo

गणतन्त्र पक्षधरबाटै गगणतन्त्रमाथि खतरा : चित्रबहादुुर केसी


441
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिवको भ्रमणका क्रममा भएको भेटघाटका बिषयमा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा केसीले नेपालबाट मन्त्रीहरु जाँदा भारतीय शासकहरुले भेट्न नमान्ने गरेको तर भारतको एउटा कर्मचारी आउँदा नेपालका नेताहरु लम्पसार परेर भेट गरेको बताए ।

केसीले विदेशी शक्तिका मानिस आउँदा लम्पसार परेर उनीहरुको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने कामले राष्ट्रको सर्वभौममाथि खलल पुगिरहेको धारणा राखे । केसीले नेपालमा राष्ट्रपतिको निर्वाचन हुनै लाग्दा शक्तिराष्ट्रहरुले प्रत्यक्ष रुपमा नै आफु अनुकुलको राष्ट्रपति बनाउने खेल खेलेको बताए ।

त्यस्तै उनले नेपालमा गणतन्त्रमाथि खतरा गणतन्त्र पक्षधरबाटै भएको जिकिर गरे । केही दिन पहिले सत्ताधारी दलकै केन्द्रीय सदस्यको नेतृत्वमा झापामा गणतन्त्रको विरुद्धमा चलेको अभियानले गणतन्त्रमाथि कालो बादल मडारिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्