Logo
Logo

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ 


378
Shares

काठमाडौं । मानव बेचबिखनको आरोपमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् । मानव बेचबिखनको कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं सिनामंगलस्थित डिएचएन शुभयात्रा ट्राभल्स एण्ड टुरका सञ्चालक सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-५ घर भएका चिरन्जी गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

कुवेतको रोयल रेस्टुरेन्टमा काममा लगाइ दिने र त्यहाँ राम्रो काम गरे युरोप तथा अमेरिका समेतका देशहरूमा पठाइ दिने प्रलोभन देखाई डम्बर बहादुर दर्लामी समतले पीडितलाई कुवेत पठाई कुवेतमा १ हजार ३ सय केडीमा बिक्री गरेको अवस्थामा मानव बेचबिखन ब्युरो अनुसन्धान ब्युरोको पहलमा कुवेतस्थित नेपाली राजदूतावास समेतको सहयोगमा पुस ४ गते पीडितको उद्धार गरिएको बताइएको छ ।

सोही घटनाको थप अनुसन्धानको क्रममा चिरन्जीले पीडितसँग रकम लिई पीडितको भिसा, टिकट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको बन्दोबस्त गरेको खुल्न आएपछि उक्त ब्युरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं पानी पोखरीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्