Logo
Logo

अनेरास्ववियुको नयाँ नेतृत्वको लागि बिहीबार निर्वाचन हुने


693
Shares

काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वको छनोटका लागि बिहीबार निर्वाचन हुने भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने बताइएको छ ।

अनेरास्ववियुको २३औं महाधिवेशन मंगलबार उद्घाटन भएको थियो । उक्त महाधिवेशन पछि अनेरास्ववियुले १ सय ९९ सदस्यीय नयाँ नेतृत्व पाउने छ ।

अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला, मोति विक, झविन्द्र खत्री र महासचिव समिक बडालको दाबी रहेको छ ।

त्यस्तै उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ । त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्