Logo
Logo

मध्यराति ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी घाइते


2.1k
Shares

काठमाडौं । ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी घाइते भएका छन् ।

बुद्धनगरस्थित निवासमा बुधबार राति खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनका ८६ वर्षीया आमा घाइते भएका हुन् ।

अहिले उनीहरूको कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार भइरहेको उनका सहयोगी भुवन भुसालले जानकारी दिए ।
भण्डारीको शरीर २५ प्रतिशत र उनका आमाको शरीर ७० प्रतिशतभन्दा धेरै जलेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्