Logo
Logo

ग्यास विस्फोटमा घाइते सांसद भण्डारीलाई भारत लाने तयारी


2k
Shares

काठमाडौं । ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई भारत लैजाने तयारी गरिएको छ ।

बुधबार राति बुद्धनगरस्थित निवासमै खाना पकाउने ग्यास पड्किएर जलेका सांसद भण्डारी र उनका आमा हरिकला भण्डारीको कीर्तिपूर अस्पतालमा उपचार भइरहेको छ ।

सांसद भण्डारीको २५ प्रतिशत शरीर जलेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । तर उनको फोक्सोमा नै असर गरेकाले तत्काल भारत लैजानेबारे परिवार र पार्टीका नेताहरुसँग छलफल भइरहेको भण्डारीका सहयोगी भुवन भुसालले जानकारी दिए ।

आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको थियो । आमाको भने ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्