Logo
Logo

नवनियुक्त कुलपतिद्वारा पद तथा गोपनियताको सपथ ग्रहण


1.3k
Shares

काठमाडौं । तीनवटै प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छालीले पद तथा गोपनीयतको शपपथ लिएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्