Logo
Logo

प्रचण्ड-ओलीबीच बालुवाटारमा भेटवार्ता


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग् भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच राष्ट्रपतिका उम्मेदवार लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा पछिल्लो समय यी दुई नेताबीचको भेटवार्ता बाक्लिएको छ ।

नेकपा माओवादी केन्द्रले राष्ट्रपति एमालेबाहेकबाट बनाउने नीति लिएको छ । यता एमाले भने पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ ।

माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सघाउने चर्चा चलिरहेका बेला ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।
यसअघि प्रचण्ड ओली निवास बालकोट पुगेरै भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्