Logo
Logo

गृह प्रवक्ता सुवेदी सचिवमा सिफारिस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ कात्तिक
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदी सचिव बढुवाका लागि सिफारिस भएका छन् । लो सेवाका अध्यक्ष नेतृत्वको सचिव बढुवा सिफारिस समितिले सुवेदीको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ।


उनीसहित बालकृष्ण घिमिरे र दिनेश भट्टराईको नाम सिफारिस भएको छ । पहिलो नम्बरमा सिफारिस भएका सुवेदीको नै आगामी मन्त्रिपरिषद्को बैठकले सचिव बढुवा गर्ने लगभग निश्चित छ । यसअघि पनि उनको नाम दुई पटक सचिव बढुवामा सिफारिस भएको थियो ।
उनी पछिल्लो समय नेकपामा माओवादी नेता निकट कर्मचारीका रुपमा चिनिन्छन् । उनलाई मध्यम क्षमताका कर्मचारीका रुपमा लिइन्छ । काठमाडौंको सिडिओ हुँदा उनले सिंहदरबारको अगाडि ११ तले भवन बनाउन सहमति दिएका थिए । जून निर्णय अहिले निकै विवादमा परेको छ ।
बढुवा भएपछि गृह मन्त्रालयकै सचिवमा पदस्थापन हुन उनले गृहमन्त्री रामबहादुर थापासँग लबिङ गर्दै आएका छन् । गृहसचिव प्रेम कुमार राईले केही महिनापछि अवकाश पाउँदैछन्् ।

प्रतिक्रिया दिनुहोस्