Logo
Logo

इन्टरनेटको तार तत्काल नकाट्न विद्युत प्राधिकरणलाई अदालतको आदेश


252
Shares

काठमाडौं । पाटन उच्च अदालतले इन्टरनेटको तार तत्काल नकाट्न विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) लगायतले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा अदालतका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले उक्त आदेश जारी गरेको हो । उक्त मुद्दाको पेसी भने १६ फागुनमा तोकिएको छ ।

आइस्पानले प्राधिकरणले पटकपटक तार काट्नेदेखि इन्टरनेट उपकरण जफत गर्नेलगायतका काम गरिरहेको भन्दै निषेधाज्ञायुत आदेश मागेको थियो । प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच लामो समयदेखि पोलभाडा विवाद छ ।

प्रतिक्रिया दिनुहोस्