Logo
Logo

बबरमहलबाट तीन जना बिचौलिया पक्राउ


441
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनि रकम माग गरी बिचौलियाको काम गरी सर्वसाधारणलाई दुखः हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर ताप्लिङ गाउँपालिका–५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका–९ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका–५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका–१ बस्ने २९ वर्षीय निरज बुढाथोकीलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा होहल्ला गरी अशान्ति सिर्जना गरेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्