Logo
Logo

सांसद चन्द्र भण्डारीलाई एयर एम्बुलेन्समार्फत भारत लगिँदै


1.5k
Shares

काठमाडौं । बुधबार राति ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ ।

श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा थप उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए ।

नेपालमा यथोचित उपचार सम्भव नभएको भन्दै उपचारमा संलग्न डाक्टरले भारत लैजान सिफारिस गरेपछि उनलाई त्यसतर्फ लैजान लागिएको हो । हिजो राति घाइते भएका नेता डा भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा आइसीयूमा उपचार भइरहेको छ ।

निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्