Logo
Logo

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ


756
Shares

सुर्खेत । उपप्रधान तथा भौतिक योजनामन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा जस्तै राष्ट्रपतिमा समेत सबै दलको सहमति खोजिएको बताए ।

नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले आफूहरुले समीकरण बदल्न नचाहेको बताउँदै भने, ‘हाम्रो समीकरण बदल्ने चाहना होइन । हाम्रो कारणले त्यस्तो परिस्थिति सृजना गर्नु हुँदैन भन्नेमा स्पष्ट छौँ ।’

उनले वर्तमान सरकारलाई संसदमा भएका ९९ प्रतिशतले विश्वासको मत दिएकाले सबैजसो पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेको बताउँदै भने, ‘यो ऐतिहासिक परिघटना हो ।’ उनले राष्ट्रपतिमा समेत सबै दललाई समेट्न आवश्यकता देखिएको बताउँदै भने, ‘संसदमा भएका सत्तापक्ष र प्रतिपक्ष सबै दलको सहमतिमा राष्ट्रिय वातावरण बनाएर राष्ट्रपति चयन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्