Logo
Logo

एनआरएनको अध्यक्षमा पन्त विजयी, कांग्रेस लाग्दा पनि हारे आचार्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ कात्तिक ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्रा्ष्ट्रिय महाधिवेशनले कुल आचार्यलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।


मत गणना सकिएपनि मतपरिणाम भने औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।
४१ पदाधिकारीको लागि मतदान भएको थियो। ४१पदाधिकारीका लागि ७५ जना चुनावी मैदानमा उत्रिएका थिए।
बुधबार राति इलेक्ट्रोनिक भोटिङ हुने भने पनि मेसिन बिग्रिएको भन्दै शुक्रबार १० बजेदेखि मतदान सुरु गरिएको थियो।

कुल २ हजार ५ सय ७० मतदाता मध्ये २ हजार ३ सय ४४ मत खसेको थियो। निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेकाअनुसार युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको थियो।

बिहीबार बिहान साढे १० बजेबाट मतदान सुरु भएको थियो। बुधबार राति ८ बजे विद्युतीय भोटिङ मेसिनबाट मतदान भएपनि मतदान गर्नसाथ मेसिन बिग्रँदा मतपत्रको आधारमा मतदान गरिएको थियो।
आचार्यलाई जिताउन नेपाली कांग्रेस लागेको थियो । पन्त नेकपा निकट भन्दै उनीविरुद्ध अफवाह फैलाइएको थियो । पूर्व उपाध्यक्ष पन्तलाई जिताउन एनआरएनका पूर्व अध्यक्षहरुले साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्