Logo
Logo

म्यानमारमा राष्ट्रपति भण्डारीलाई नेपाली भाषीको भव्य स्वागत


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ कात्तिक।
म्यानमारको राजकिय भ्रमणमा रहेकी राष्ट्रपति बिद्यादेवी भण्डारीलाई म्यानमारमा नेपाली भाषीले एका कार्यक्रम आयोजना गरे स्वागत गरेका छन् ।


राष्ट्रपति भण्डारी बुधबार म्यानमार भ्रमणमा गएकी हुन् । भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी लगायत छन् । म्यानमारमा ठूलो संख्यामा नेपाली भाषी समुदाय छन् ।

 

कार्यक्रममा सम्वोधनका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारमा बसेर पनि नेपाली भाषा संस्कृति रिती रिवाज र परम्पराको संंरक्षण गरेकोमा यहाँका नेपाली समुदायको प्रशंसा गरेकी छिन् ।

म्यानमार गोर्खा धार्मिक एसोसिएसनले राष्ट्रपतिको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा बोल्दै उनले आफ्ना पुर्वज जस्तै मेहनती लगनशील उद्धमी भएर नेपाल र नेपालीको इज्जत राख्दै म्यानमारको विकासमा सहयोगी बन्न म्यानर्माकका नेपालीलाई आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले भ्रमण वर्ष २०२० मा आफ्ना पुर्खाको भूमी नेपाललाई सम्झेर नेपाल भ्रमणमा आउन नेपाली समुदायलाई आग्रह गरिन् ।
त्यसअघि राष्ट्रपति भण्डारीले यहाँ स्थित दुर्गा र पशुपतिनाथको मन्दिरको दर्शन र अवलोकन गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्