Logo
Logo

लोकप्रिय नारा लगाउने नयाँ पार्टीले देश चलाउन सक्दैनन् : प्रकाशमान सिंह


378
Shares

फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले मात्रै देश चलाउन नसकिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले कांग्रेस एमाले लगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने नयाँ पार्टीले देश चलाउन नसक्ने बताए । 

उनले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यस पटक देखिएको बताए । राजनीति लगायत जुनसुकै क्षेत्रमा स्थापित हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको भनाइ छ ।

नेता सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको बताए । जनताले नै मिलीजुली सरकार बनाउने म्याण्डेड दिएको अवस्थामा दलहरू पनि त्यसै अनुसार अघि बढ्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्