
नुवाकोट । बिहीबार नुवाकोटमा बस दुर्घटना भएको छ । जिल्लाको विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएको हो ।
बस दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुई जना पुरुष र एक महिनाको मृत्यु भएको बताइएको छ । मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा परेर २३ जना घाइते भएका छन् ।
घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् । केही घाइतेलाई जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि ल्याउने क्रम जारी छ ।














