Logo
Logo

जनमोर्चाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र


693
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले पछिल्लाे राजनीतिक विषयवस्तु समेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार अध्यक्ष चित्र बहादुर केसीसहितको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हाे । उसले गणतन्त्र, राष्ट्रियता र जनजीविका लगायतका विविध विषय समेटेर प्रचण्डलाई ज्ञापनपत्र बुझाएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेको छैन । गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मतका लागि राखेको प्रस्तावमा जनमोर्चाले विपक्षमा मत दिएको थियो ।

तर गत मंसिरमा भएको चुनावसम्म राष्ट्रिय जनमोर्चा तत्कालीन सत्ता गठबन्धनमै थियो ।

प्रतिक्रिया दिनुहोस्