Logo
Logo

क्षणिक सुखका निम्ति भविष्यको सुन्दर अवसर गुमाउनु हुँदैन : प्रधानमन्त्री


819
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सुखका निम्ति भविष्यको सुन्दर अवसर गुमाउन नहुने बताएका छन् ।

शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले क्षणिक सुख पाउनका लागि भविष्यको सुन्दर अवसर गुमाउन नहुने बताएका हुन् ।

‘सपना त्यो होइन जुन निदाउँदा देखिन्छ, बरू सपना त्यो हो जसले निदाउनै दिँदैन’ भन्ने विश्वविख्यात भनाइलाई स्मरण गर्दै उनले भने– ‘हामीले वर्तमानको सुखका निम्ति भविष्यको सुन्दर अवसर गुमाउने कि वर्तमानमा मेहेनत र संघर्षका बलमा सुखद् भविष्यको निर्माण गर्ने ? यो छनोटको अधिकार तपाई–हाम्रो हातमै छ ।’

प्रधानमन्त्री प्रचण्डले समाज, राष्ट्र र जनताप्रतिको जिम्मेवारीलाई ठीक ढंगले बुझ्दा व्यक्तिगत र व्यवसायिक जीवनमा समेत निरन्तर प्रगति भइरहेको बताए ।

चिकित्सा विज्ञान प्रतिष्ठानले दीक्षित हुनेहरुलाई ज्ञान र सीपका साथ उच्चतम उपाधि प्राप्त गर्ने अवसर प्रदान गर्दै भविष्यको आधारशिला खडा गरिदिएको उनकाे भनाइ थियाे ।

प्रतिक्रिया दिनुहोस्